काठमाडाैं । नेपालभाषा स्नातकोत्तर (एम ए) तहमा मंसिर १ गते देखि भर्ना खुलेकाे छ ।
काठमाडाैंकाे प्रदर्शनीमागमा रहेकाे रत्न राज्यलक्ष्मीक्याम्पस र ललितपुर जिल्लाकाे नेपालभाषा केन्द्रिय विभाग पाटन ढाेकामा नेपालभाषा एम. ए. कक्षाकाे अध्यापन भइ रहेकाे छ ।
त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८० / ०८१ ले एक सुचना जारी गरी भर्ना बारे जानकारी गराइएकाे छ ।
काठमाडौं महानगरपालिकासँग पाँच वर्षको सम्झौता अनुरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा इतिहासमै पहिलो पटक वि.सं. २०७८ सालदेखि विधिवत् रुपमा एमए तहमा नेपालभाषा अध्यापन गराउन नेवाः विद्यार्थी युनियनको विशेष अग्रसरतामा अध्यापन गराउन सफल भएको थियो ।
भर्ना सम्बन्धी थप जानकारी तल उल्लेख गरिएकाे छ :



















