काठमाडौं । विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरु भएको छ ।
ग्राहकहरूले पौष १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्नेछन् । अफर अन्तरगत आगामी दश दिनसम्म मनिग्राम मार्फत नगद पटाउँदा अतिरिक्त रु १०० बोनस पाउनुका साथै टी सर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्रीहरू प्राप्त गर्नेछन् । साथै पौष १५ सम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् ।
मनिग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीको सेवा विश्व भरी सञ्चालनमा रहेका छन् ,जसले आफ्ना मूल्यवान् ग्राहकहरूलाई भरपर्दो, र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन् ।
ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


















