शीतलहरबाट जनता जोगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन

74

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध रुपमा काम गर्न ७७ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिर्दै गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध रुपले काम गर्न निर्देशन दिएका हुन्।

केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ। शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन पनि उनले निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here