आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

44

काठमाडौं । उदयपुर, कटारी नगरपालिका-१४ भदौरे बस्ने केशर कुमारी मगरको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेको भाँडावर्तन, लत्ताकपडा र फर्निचर लगायतका सामानहरू पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-३ पृथ्वीमार्गस्थित पुर्वाञ्चल कन्ट्रक्सनको अन टेष्ट डिष्टिवेयर गाडीमा अलकत्रा तताउने क्रममा शनिबार बेलुकी आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here