‘नजरबन्द’मा परेका प्रसाईंले मानव अधिकार टोलीसँग भेट्न अस्वीकार

59

काठमाडौं । शुक्रबारदेखि सरकारको ‘अघोषित नजरबन्द’मा परेका मेडिकल ‘राष्ट्र बचाऔं’ महाअभियानका अभियान्ता एवम् मेडिकल व्यावसायी दुर्गा प्रसाईंको घरमा राष्ट्रिय मानव अधिकारको टोली पुगेको छ। यद्यपि प्रसाईँ पक्षले मानव अधिकार टोलीसँग भेट्न अस्वीकार गरेको बुझिएको छ। प्रसाईँलाई भेट्न नपाएपछि मानवअधिकार टोली फर्किएको छ।

शुक्रबार राजधानीको तीनकुनेमा प्रदर्शन गर्ने तयारीमा रह‍ेका उनलाई सरकारले भक्तपुरस्थित निजी निवासमा ‘नजरबन्द’मा राखेपछि मानव अधिकारको टोली त्यहाँ पुगेको हो। यतिबेला प्रसाईंको घरमा बाहिर बाक्लो संख्यामा प्रहरी तैनाथ छ।

काठमाडौं सिडिओ कार्यालयले आज तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएको हो। यसका साथै प्रहरीले आन्दोलनकारीहरूलाई देख्नेबित्तिकै पक्राउ गर्न थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here