जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक भएको भन्दै प्रशंसा गरेकी छन् । गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘बेलाको होम अप्लायन्सेस’को जनकपुरस्थित शाखा उद्घाटन गर्दै नेता निधीले विदेशमा सिकेको सीप उपयोगको वातावरण बनाउनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएकी हुन् ।
‘बेला’ ब्रान्डका घरायसी सामग्री तथा उपकरण संयुक्त अधिराज्य र कतारमा बिक्री वितरण हुँदै आएकोमा हाल नेपालमा बिक्री सुरु गरिएको कम्पनीका नेपाल प्रमुख लक्ष्मण सापकोटाले बताए ।


















