श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ

57

काठमाडौं । धादिङको धुनीबेसी नगरपालिका–२ मा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्।

श्रीमती २१ वर्षीया पवित्राको हत्या गरेको आरोपमा स्थानीय रामचन्द्र बलयकोटी पक्राउ परेका  हुन् । उनले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ।

आइतबार हत्या गरी भागेका रामचन्द्रलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले गएराति पक्राउ गरेको हो। उनले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरीले बतायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here