नेपाल सुपर लिगमा झापा र काठमाडौंले खेल गोलरहित बराबरी

36

काठमाडाैँ / नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। तुलनात्मक रुपमा निरस रहेको स्पर्धामा दुबै टिमले सिमित अवसर निकालेपनि गोल गर्न भने चुकेका थिए।

बराबरीसँगै काठमाडौंको ३ खेलमा ५ अंक हुँदा शीर्षस्थानको धनगढीको ७ तथा ललितपुर र पोखराको समान ५–५ अंक छ। झापा भने २ अंकसहित आठौं स्थानमा छ। पहिलो हाफमा दुबै टिमले गोलका गतिला अवसर बनाउन सकेनन्।

दोस्रो हाफमा पनि खेलमा प्रतिस्पर्धात्मक मुभ बनाउन नसक्दा खेल गोलरहित बराबरीमा सकियो। मंगलबार हुने खेलमा ललितपुर सिटी फुटबल क्लबले वीरगन्ज युनाइटेडको सामना गर्नेछ। खेल दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here