उदयपुर । बेलका नगरपालिका-९ बस्ने ३० वर्षीय उदिप बिकको आईएफजीएफ ज्वेलर्सबाट ७ तोला चाँदी र सुन जोख्ने तराजु गरी करिब ९ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
साथै सोही ठाउँ बस्ने ४० वर्षीय उमेश बिकको मिचेल ज्वेलर्सबाट करिब ३ तोला सुनको गहना र करिब १८ तोला चाँदीको गहना, गहना बनाउन पगाली राखिएको २ केजी चाँदी र सिसिटिभि गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल समेत चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















