दीक्षान्त कार्यक्रम समारोह प्रभावित नपार्न खबरदारी

68

काठमाडौं । अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको आन्दोलनप्रति विरोध जनाएको छ ।

विद्यार्थीले धेरै दुःख गरेपछि पाउन लागेको प्रमाणपत्र वितरण (दीक्षान्त कार्यक्रम) समारोह प्रभावित नपार्न समितिले खबरदारी गरेको छ ।

समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ‘विद्यार्थीले दुःख पसिना बगाएर भविष्य निर्माणको लागि कमाएको औपचारिक प्रमाणपत्र वितरण गर्ने समारोह रोक्ने, प्रमाण पत्रहरु वितरण गर्न बन्द गर्ने कार्य घोर भर्त्सना गर्दछ ।’

समितिले कर्मचारीको काम, कर्तव्य, अधिकार प्रति बफादार भएर काम गर्न खबरदारी गरेको छ ।

त्रिवि कर्मचारी संघ केन्द्रिय समितिले तीन दिनभित्र माग पुरा नभए प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्ण रुपमा ठप्प पार्नुका साथै दीक्षान्त समारोहलाई समेत प्रभावित पार्ने चेतावनी दिँदै विज्ञप्ति जारी गरेको छ ।

त्रिविले आगामी २ पुसमा दशरथ रंगशालामा ४९ दीक्षान्त समारोह गर्ने तयारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here