एस पार्टीकाे सचिवालय बैठक पुसकाे पहिलाे सातामा

46

काठमाडाैं । एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक सरेको छ। बिहीबार र शुक्रबारलाई तय भएको बैठक पुस दुई र तीन गतेलाई सारिएको एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

एकीकृत समाजवादले सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो। पार्टीले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो।

कृषि मन्त्रीसमेत रहेका कार्यदलका अध्यक्ष बेदुराम भुसालनै देश बाहिर रहेकाले बैठक स्थगित गर्नुपरेको श्रेष्ठले जानकारी दिए।

‘सचिवालयको बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची थियो। तर, कार्यदलका अध्यक्ष नै मुलुक बाहिर रहेकाले बैठक सारिएको हो,’ उनले भने।

एकीकृत समाजवादीले महाधिवेशनको तयारी गरिरहेको छ। माघ १४ देखि  १८ गतेसम्म गर्ने भनिएको महाधिवेशन जेठ ३ देखि सुरू गर्ने गरी सारिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here