हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने

45

एजेन्सी । इजरायलले हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै अन्तिम अवस्था र जित नहुन्जेलसम्म लड्ने बताउनु भएकाे बीबीसीले जनाएको छ ।

यस्तै, इजरायली विदेश मन्त्री एलि कोहेनले तत्कालका लागि युद्धविराम हुनु भनेको हमासका लागि उपहार भएको र यसले इजरायलमाथि फेरि खतरा उत्पन्न गर्ने बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले अन्तर्राष्ट्रिय समुदायको समर्थन गुमाइरहेको टिप्पणी पछि इजरायलको यो भनाइ सार्वजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here