मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडे

32

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् ।

काठमाडौंको दशरथ रंगशालामा गोल गर्न पाएका मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडेका हुन् । यो एनएसएलको ५०औं खेल हो ।

दुवैको यो चौथो बराबरी हो । बराबरीपछि ललितपुरले शीर्ष स्थानमा पुग्ने मौका गुमायो ।

६ खेलबाट १० अंकसहित ललितपुर दोस्रो स्थानमै यथावत छ । ६ खेलबाट ७ अंक जोडेको झापा पाँचौ स्थानमा उक्लेको छ ।

बुटवल लुम्बिनी समान अंक बराबरी भए पनि गोल अन्तरमा झापा अघि छ । झापा र बुटवलबीचको खेल भने बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here