नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी दिन नहुने

179

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकालगायत चार मुलुकका राजदूतले भेटवार्ता गरेका छन्।

अमेरिकासहित स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतले ओलीलाई बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटेका हुन्। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद भइरहेका बेला चार देशका राजदूतले प्रमुख प्रतिपक्षी नेतालाई भेटेका हुन्।

भेटमा एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु रिमाल र इजरायलका लागि पूर्व राजदूत अञ्जान शाक्य पनि सहभागी थिए।

अमेरिकासहित पश्चिमा मुलुक नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी दिन नहुने पक्षमा देखिएका छन्। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि अमेरिका, बेलायत, अस्ट्रेलिया, स्वीट्जरल्याण्ड तथा युरोपली युनियनका राजदूतहरुले भेट गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here