रामदेव र पतञ्जली विरुद्ध मुद्दा

63

कठमाडौं । भारतको सर्वोच्च अदालतले योग सिकाउँदा सिकाउँदै व्यापारी बनेका योग गुरु रामदेवलाई मुख सम्हालेर बोल्न चेतावनी दिएको छ । आफ्नो आयुर्वेदिक औषधिको प्रवद्र्धन गरिरहँदा एलोप्याथिक र आधुनिक औषधिको बारेमा जथाभावी नबोल्न सर्वोच्चले अगस्ट २३का दिन यस्तो चेतावनी दिएको हो ।

प्रधानन्यायाधीश एनभी रमना र न्यायाधीश हिमा कोहली तथा सीटी रविकुमाारसहितको संयुक्त इजलासमा इन्डियन मेडिकल असोसिएसनले पतञ्जली कम्पनीका रामदेवले विशेष गरी कोभिड –१९ वैश्विक महामारीको खोपका बारेमा नकारात्मक टिप्पणी गरेको भनीसमेत विषयमा दिएको मुद्दामा सुनुवाइ गर्दै यस्तो चेतावनी दिइएको हो ।

समाचारमा जनाए अनुसार प्रधानन्यायाधीश रमनाले भने “ बाबा रामदेवालाई के भयो रुउहाँले आफ्नो प्रणालीको लोकप्रियता बढाउन सक्नु हुन्छ तर अन्य प्रणालीको आलोचना किन गर्नुहुन्छ । हामी सबैले उहाँले योगलाई लोकप्रिय बनाउनु भएकोमाा सम्मान गर्छौँ ।तर उहाँले अन्य प्रणालीको आलोचना गर्नु हुँदैन् । के उहाँले उहाँको प्रणालीले गर्ने कार्यको ग्यारन्टी गर्नु हुनेछ रु उहाँले डक्टर प्रणालीको अस्वीकार गर्न सक्नु हुँदैन् । उनले अरूको बेइज्जत गर्ने कार्यमा रोक लगाउनै पर्छ ।”

रामदेव र पतञ्जली विरुद्धको सो मुद्दामा दुवैले आफ्ना आर्युवेदिक उत्पादन बिक्री गर्न एलोप्याथी चिकित्सा पद्धतिका बारेमा गलत तथा भ्रमपूर्ण सूचना प्रसार गर्ने गरेको भनिएको छ ।

सुनुवाईको क्रममा रामदेवका वकिलहरूले उनको कोरोनिल औषधि कोभिड उपचारको औषधि नभएको र डाक्टर तथा आधुनिक औषधि विरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको विषयमा एक मस्यौदामा सहमति जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here