प्रेस स्वतन्त्रताको पक्षमा विप्लवले मुख खोले

279

काठमाडौं / मिडिया काउन्सिल विधेयकबारे विप्लव नेतृत्वको नेकपाले मुख खोलेको छ । नेकपाका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै विधेयकको विरोध गरेका छन् ।

विज्ञप्तीमा मिडिया काउन्सिल विधेयकको विरुद्धमा आन्दोलन गरिरहेका पत्रकारहरुलाई विप्लव नेतृत्वको नेकपाले समर्थन जनाएको छ । प्रेसको महत्वको बारेमा उल्ल्ख गर्दै नेपालमा सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहेको जनाइएको छ । सरकारले गरेका गलत काम, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रकारहरुले लेख्न थालेपछि केपी–पीके सरकारले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न विभिन्न कानुन र ऐनको सृजना गर्दै दमन गर्न खोजिरहेको आरोप लगाएको छ ।

सरकारले कहिले साइबर क्राइम भन्दै पत्रकार गिरफ्तार गरिरहेको छ त कहिले सरकार विरोधी समाचार लेखेको भन्दै प्रत्रकारहरुलाई यातना दिइरहेको छ । यो विधेयक पारित भएमा यसमा गरिएको एक करोडसम्मको जरिवाना र दण्डका साथै जेलसजाय समेत हुने व्यवस्थाप्रति सञ्चार क्षेत्र त्रसित बनेको छ ।

विप्लव नेतृत्वको नेकपाले सरकारले पारित गर्न लागेको मिडिया काउन्सिल विरुद्ध आन्दोलन गरिरहेका पत्रकारहरु, राजनीतिक पार्टीहरु, पत्रकार महासंघलाई पूर्ण समर्थन गर्दै केपी ओली सरकार प्रेस जगतलाई नियन्त्रण गर्न खोज्ने र लोकतन्त्र र प्रेस स्वतन्त्रताको वकालत गर्ने गरेको अभिव्यक्ति दिने रवैयाप्रति अन्य चार पार्टीसंग मिलेर संयुक्त रुपमा संघर्षको घोषणा गरेको छ ।

विज्ञप्तीको पूर्ण अंश यस प्रकार छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here