बिमल योगी
दाङ / घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा आज सुरक्षित प्रसुती सेवा सम्बन्धी सचेतना तालिम सम्पन्न भएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।
वडाका ३० जना गर्भवती महिलाहरुको सहभागिता रहेको तालिममा सुरक्षित प्रसुती सेवाका लागि अपनाउने पर्ने सावधानी र तयारी, आमा र बच्चाको स्याहार, पोषणयुक्त खाना,खोपको महत्व लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
स्वास्थ्य चौकी सौडियारका इञ्चार्ज कुमार दुलालको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रममा वडा सदस्यहरु सुशिला चौधरी, गोमा नेपाली, सामाजिक परिचालक विमल योगीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तालिमको सहजीकरण स्वास्थ्य चौकी सौडियारका इञ्चार्ज कुमार दुलाल, अ.हे.व.भरत चौधरी, अनमीनिमा डिसी रकमला शर्माले गर्नुभएको थियो ।


















