मानव मस्तिष्कले सम्पूर्ण शरीरमा कोषिकाहरूको कामका लागि समयतालिका बनाएको हुन्छ भन्ने कुरा हालै भएको एक अनुसन्धानले पत्ता लगाएको छ ।
दिनको २४ घण्टामा यी कोषहरूले एउटै समयतालिका अनुसार काम गर्छन्, जसलाई ‘सर्केडियन रिदम’ वा ‘बडी क्लक’ जैविक घडी भनिन्छ । यस जैविक घडी अनुसार दिन र रातमा शरीरको काम गर्ने तरिका फरक हुन्छ । शरीरले २४ घण्टामा विभिन्न समयमा विभिन्न तरिकाले काम गर्छ । ग्रीक चिकित्सक हिप्पोक्रेट्सले यो धेरै पहिले नै बुझिसकेका थिए ।
सायद यसैलाई आधार मानेर आज यस दिशामा नयाँ अनुसन्धान भइरहेको छ । जीव वैज्ञानिक जोन ओनिलको अनुसन्धानले ‘फाइब्रोब्लास्ट’ भनिने कोषिकाहरुले दिनको समयमा चोटपटकका कारण क्षतिग्रस्त तन्तुहरू तुरुन्तै मर्मत गर्छन् भन्ने देखाएको छ । फाइब्रोब्लास्ट कोषिकाहरु छालाको कोषिकाहरुमा प्रवेश गरेर चोट लागेको ठाउँमा पुग्छन्, र यसलाई निको पार्न मद्दत गर्छन् ।
जैविक घडीलाई बुझ्नुपर्छ
रोगसँग लड्ने हाम्रो शारीरिक क्षमताले पनि हाम्रो शरीरको घडीलाई असर गर्छ । शरीरमा फैलिने कुनै पनि प्रकारको संक्रमणसँग लड्न बलियो प्रतिरक्षा प्रणाली हुनु महत्त्वपूर्ण छ ।
भाइरोलोजिस्ट राहेल एडगरले ‘बडी क्लक’ जैविक घडी र भाइरल संक्रमणबीचको सम्बन्धको बारेमा अनुसन्धान गर्दैछन् । उनले मुसामा हुने रिङ्वर्म भाइरसबारे अनुसन्धान गरेका छन् ।
उनका अनुसार यो भाइरस राति १० गुणा बढी सक्रिय हुन्छ भने बिहानी पख यसको प्रभाव निकै कम हुन्छ । यो परिवर्तन सम्भवतः प्रतिरक्षा प्रणाली कम सक्रिय भएको कारणले हुन्छ । संक्रमित कोषिकाहरुको लय पनि संक्रमण बढाउन प्रभावकारी हुन्छ ।
मौसमी ज्वरोमा पनि यस्तै नतिजा देखिएको छ । दिउँसोभन्दा बिहान औषधि खाएमा चाँडै राहत मिल्छ । तर यो पनि सत्य हो कि दिनको समयमा बिरामी पर्ने सम्भावना बढी हुन्छ । एउटै सिद्धान्त विभिन्न प्रकारका संक्रमणहरुमा लागू हुँदैन ।
सही समयमा औषधि लिनुपर्छ
प्रोफेसर एडगर भन्छन्, ‘यदि कुन समयमा भाइरसले वरपरका कोषिकाहरुलाई असर गरिरहेको छ भन्ने कुरा थाहा भयो भने एन्टिभाइरल थेरापीमार्फत यसलाई फैलिनबाट रोक्न सकिन्छ । यसो गर्दा एन्टिभाइरल औषधिको मात्रा पनि घटाउन सकिन्छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार करिब २५० आधारभूत र अत्यावश्यक औषधिहरू विश्वका प्राय: सबै अस्पतालमा उपलब्ध छन् । तर ती सबै लिने समय फरक छ । ती औषधिको प्रभाव शरीरको आन्तरिक सेलुलर घडीद्वारा तय हुन्छन् । जसकारण औषधिको प्रभाव कम वा बढी हुन सक्छ । यसमा पेनकिलर, रक्तचाप, दम र क्यान्सर औषधिहरू समावेश छन् ।
औषधिको प्रभावकारिता कति हुने भन्ने कुरा त्यसलाई कुन समयमा प्रयोग गरिन्छ भन्ने कुराले निर्धारण गर्छ । यसको मतलब ती औषधिहरू सही समयमा नखाएमा तिनीहरूको प्रभाव कम हुन्छ ।
उदाहरणका लागि यदि ब्लड प्रेसरको औषधि बिहानको सट्टा साँझमा लिने हो भने यो ६० प्रतिशत मात्र प्रभावकारी हुन्छ । अर्को अनुसन्धानले विकिरण थेरापीको प्रभाव बिहानको तुलनामा दिउँसो बढी हुने देखाएको छ ।
सबैको शरीरले एउटै प्रकारले काम गर्दैन
कुन औषधिले कुन समयमा र कुन समयमा बढी प्रभाव पार्छ भन्ने पत्ता लगाउन त्यति सजिलो छैन । बिरामी सधैं ठीक समयमा औषधि सेवन गरिराख्न सम्भव हुँदैन । साथै औषधिको पछाडिको गणित पनि बिरामीलाई बुझाउन सकिंदैन ।
धेरै पटक बिरामीहरूले समयमै औषधि नलिंदा निको हुन समय लाग्छ । औषधिलाई नियमित नछुटाई सेवन गर्नुपर्छ । यदि बीचैमा औषधि छोडियो भने औषधिले राम्ररी काम गर्दैन । यो कुरा बिरामीहरूले बुझेका हुँदैनन् ।
हरेक व्यक्तिको ‘बडी क्लक’ फरक-फरक हुन्छ । कतिपयको सुत्ने, उठ्ने र खाने समय मिलिरहेको हुँदैन । कसैको त राति अबेरसम्म बस्ने र बिहान अबेरसम्म सुत्ने बानी हुन्छ ।
धेरै व्यक्ति रातको समयमा काम गर्छन् । जसकारण उनीहरूको ‘बडी क्लक’को लय पूर्ण रूपमा फरक हुन जान्छ, जसले उनीहरूको स्वास्थ्यमा समेत असर गर्छ ।
प्रकाश, निद्रा र समय
हाम्रो प्लेटलेट्स र रगत मोटो बनाउने कोषिकाहरु दिनको समयमा बढ्छ । साथै एड्रेनालाइन हार्मोन जसले मुटुको धड्कन बढाउँछ र स्नायुहरूलाई साँघुरो बनाउँछ, त्यो पनि दिनको समयमा बढी निस्किन्छ ।
केही सघन हेरचाह एकाइहरू वा हृदय हेरचाह एकाइहरूमा, रातमा मधुरो बत्ती बालिएका हुन्छन्, जुन बिरामीहरूको लागि राम्रो हो । दिन-रातको समय र बिरामीको जैविक घडीले धेरै प्रकारका शल्यक्रिया र छिटो निको पार्नमा महत्त्वपूर्ण भूमिका खेल्छ । शोधकर्ताहरूले चाँडै नै मुटुरोगीलाई निको पार्न सर्काडियन चक्की, आवश्यकता अनुसार प्रकाशको उपस्थिति वा अभावमा प्रयोग गर्न सक्ने वातावरण बनाउने आशा गरेका छन् ।
प्रकाश, निद्रा र समय राम्रो स्वास्थ्य कायम राख्न सबैभन्दा महत्त्वपूर्ण छ, तर हामी सबैले यी कुरामा ध्यान दिइरहेका हुँदैनौं । क्यान्सर, मुटु रोगदेखि एलर्जीका बिरामीलाई औषधिले शरीरमा राम्रो काम गर्ने बेलामा दिइन्छ । यसले बिरामीलाई छिट्टै निको हुन मद्दत गर्छ ।
बीबीसीबाट