आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

22

काठमाडौं । सल्यान, दार्मा गाउँपालिका-१ बस्ने बिरेन्द्र चन्दको घरमा सोलारको तार सर्ट भई सोमबार बिहान आगलागी हुँदा नगद २ लाख १० हजार रूपैयाँ, सुन १ तोला, अन्नपात, लत्ताकपडा लगायत अन्य सरसामान गरी करिब १९ लाख ७८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-७ बस्ने डम्बर रामको २ वटा कच्ची घरमा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फर्निचर र नगद २० हजार रूपैयाँ समेत गरी करिब ५ लाख ८७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here