पृथ्वी जयन्तीको अवसरमा हुने कविता प्रतियोगिताको प्रथम पुरस्कार १ लाख

37

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। ३०२ औं पृथ्वी जयन्तीको अवसर पारेर पुष २७ गते राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको हो ।

पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा राप्रपाले गर्ने कविता प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार तथा अन्य तीनजनालाई १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए।

पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here