मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु

20

सर्लाही । नवलपुर–मलङ्गवा सडक खण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा मङ्गलबार साँझ मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हरिपुर नगरपालिका–७, चिताईनका ५० वर्षीय रुदल कुमार दनुवारको मृत्यु भएको हो । नवलपुरबाट साइकलमा घरतर्फ जाँदै गरेका कुँवरलाई सडकमा साइकलसहित लडेपछि उठ्न खोज्दा पछाडिबाट तीव्र गतिमा आएको प्रदेश २–०४–००१ क ००१४ नम्बरको मिनिट्रकले ठक्कर थियो ।

दुर्घटना लगत्तै कुँवरलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । दनुवार सासपुरको डाबरीस्थित इँटा भट्टामा मजदुरी गरेर घर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएको हो ।

साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोज्दै जाँदा उक्त मिनिट्रक दुर्घटना भएको करिब चार घण्टापछि जुट पानी पानी फ्याक्ट्रीको रहेको खुलेको र राति नै फ्याक्ट्रीभित्रै राखिएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here