हलिउड अभिनेता विनलाई यौन दुर्व्यवहारको आरोप

67

एजेन्सी । ‘फास्ट एन्ड फ्युरियस’ सिरिजका अभिनेता विन डिजेललाई यौन दुर्व्यवहारको आरोप लागेको छ।

यौन दुर्व्यवहारको आरोपमा उनीविरूद्ध लस एन्जिल्स उच्च अदालतमा बिहीबार एस्टा जोनासनले मुद्दा दर्ता गरेकी हुन्।

सिएनएनका अनुसार सन् २०१० मा सुटिङका क्रममा डिजेलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। त्यतिबेला उनीहरू एकसाथ फिल्ममा काम गरिरहेका थिए।

उनले डिजेलकी बहिनी समान्था भिन्सेन्ट र प्रोडक्सन कम्पनीविरुद्ध पनि मुद्दा हालेकी छन्। उक्त घटनापछि समान्थाले फोन गरेर आफूलाई कामबाट निकालेको उनले बताएकी छन्।

डिजेलकी वकिल ब्रायन फ्रिडमैनले उक्त आरोपको खण्डन गरेकी छन्। सिएनएनसँग कुराकानी गर्दै उनले भनेकी छन्, ‘विन डिजेल यस आरोपमाथि खण्डन गर्छन्।’

 

त्यस्तै जोनसनकी वकिल लिज गुडलीले भनेकी छन्, ‘न्यायबाट बच्न कोही पनि यति प्रसिद्ध र शक्तिशाली छैनन्।’

डिजेलले ६० भन्दाबढी टेलिभिजन शो र फिल्ममा काम गरेका छन्। उनी ‘फास्ट एन्ड फ्युरियस’ सिरिजबाट विश्वभर चर्चित भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here