काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो ।
यस अघि प्राधिकरणले चारवटा उद्योगको लाइन काटिसकेको छ । प्राधिकरणले विद्युत लाइन काटेसँगै यस्को पक्ष र विपक्षमा समाचारहरु आइरहेका छन् ।

















