काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘मेलमिलाप दिवस’मा एमाले अध्यक्ष ओलीलाई वक्ताका रुपमा निम्तो दिएको छ।
आगामी पुस १६ गते हुने कांग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई सभापति शेरबहादुर देउवाले फोन गरेर निम्तो दिएको उनको सचिवालयले जनाएको छ।
कांग्रेसले १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ। पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमका लागि उनलाई वक्ताका रुपमा देउवाले फोन गरेर निम्तो दिएको ओलीको सचिवालयले जनाएको छ।
त्यसका लागि आज औपचारिक रुपमा पत्र पठाउने कांग्रेसले जनाएको छ।

















