काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना अवधि थपेको छ ।
पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको अवधि ६ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।
नेविसंघ र तरुण दलको २०७२ र महिला संघले २०७३ सालमा अधिवेशन गरेका थिए । निर्वाचित समितिको अवधि सकिएपछि नेविसंघ, तरुण दल, महिला संघले अधिवेशन गर्न सकेका छैनन् ।
किसान संघले पहिलो अधिवेशन नै गर्न सकेको छैन । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले भने आगामी जेठ २६ देखि २८ सम्मका लागि अधिवेशन गर्ने निर्णय गरेको छ ।
















