जीवन बाँच्नदिन मृत्यु किन्ने विचार छोड्नु

44

मृत्यु किने विचार त्याग्नुपर्छ ।

प्रशान्त महासागर

 

मेरो लागि एउटा मृत्यु

सरकार ! तिमी तय गर…

बारम्बार

धारहिन हतियारले रेटि रहनु

र मैले सहेर बस्नु

कमीलाई, कमजोरी हो मेरो

सरकार ! तिमी बुन्ने नगर

नालको आडमा समाजवादको कुरा

समृद्धि र उन्नति विकासको कुरा

सरकार ! तिमी उन्ने नगर

तिम्रो सोच जस्तै मेरो संघर्ष भयो भने

तिम्रो जस्तो रहर मेरो चल्यो भने

सौखमा पनि उस्तै उस्तै रंग व्यवहार भयो भने

सरकार ! माफ गर्नु होला

सरकार ! बिभेद भयो गुन्ने नगर

सरकार ! तिमी उन्ने नगर

सरकार ! तिमी बुन्ने नगर

मेरो लागि एउटा मृत्यु

जुन मेरो कहिल्यै हुनै सक्दैन्

सरकार ! तिमी तय गर….

गोलि चल्छ । मान्छे ढल्छ । मृत्यु यहाँ गणतन्त्रमा गोलि बनी आएको छ । स्विकार्नु हाम्रो दायित्व बनेको छ जसको शिरोधार कर्तव्य सम्झी गर्नु परेको छ । सस्तो श्रम मुल्यांकन मृत्युले तोक्ने गरेको छ । बार्षिक  १६ सयको बाकस बुझी बसेका छौं । गोलि जस्तै मृत्यु आफुलाई बेची कमाई रहेका छौं जुन कमाईमा आज राज्य रमेका छन् । हिजो मृत्यु भन्दा फरक मृत्यु आजको छ भन्दा फरकको यथार्थता बिर्सिएर हामी सडक तताउन जुट्छौं । क्षतिपूर्ति मृत्यु माग्ने कुरा गर्छौं जुन गलत हो म भन्दै आई रहेका छौं । मान्छे बेच्नुहुन्न भन्दा बेच्ने उपाय बाहेक अर्को विकल्प नरच्नु मृत्यु भन्दै गर्दा पत्याउन गाह्रोको नतिजा मृत्यु गोलि बन्नु हो । जसको निदान क्षतिपूर्तिकै रुपमा जीवन दर्शाएका छन् । र हामी क्षतिपूर्ति पाएर रमेका छौं । यो नियती हिजोअस्तिबाट आजसम्म छ नै किनभने हाम्रो सोच जीवन होईन् मृत्यु ज्यादा छन् । हामीले जीवन बुझेकै छैनौं जस्को सार भनेकै उल्झन र अप्ठ्यारा लगायत अरुको मौका अनि सुबिधा बनेका छन् । हामीलाई घाउ मीठो छ हामीले भन्न जानेनौं । पिडाले दु:ख दिन्न साथ हुन्न कहिल्यै सोचिएनौं जस्को फाइदा शासन सत्ताले लिए । शासकले लिए । लिंदालिंदै यति दियौं कि भिखारी हुँदा नि कुनै न कुनै तवर केही न केही दिएरै सुखी भयौं कहिल्यै मानेनौं जस्को प्रतिफल दु:ख भन्यौं जुन गलत यथार्थता हुन् । जीवनसँगै रम्न हो । जीवन छुट्टिएर भौतिकता संकलन गर्ने मन्त्र होईन् यी कुरा भुल्यौं । र हामी एक सँग अर्को टाढिदा सुख सुबिधा पाईन्छ कि सोचको दासत्व बन्यौं जुन गलत विचार हुन् जस्मा जीवन हुन्न । अब जीवन नभएको जीवन हत्या होस् या अरु कुनै त्यो प्राण नभएको शरीर जस्मा आत्मियता छैन् त्यसको सार अन्यमा बुन्नु हुन्न । हामी बस्तु बनी बिक्ने निश्चित भएपछी फुटेपनी टुटेपनी त्यसको अर्थ हुन्न । अत: स्वार्थमा जीवन बुन्नुहुन्न यति कुराले सर्वप्रथम विभुसित बनाऔं अनि मात्र जीवन गोलिले मर्ने छैन् । बाकसमा सासविनाको शरीर हुन्न । जन्म र जीवनको महत्व मृत्युले लुट्ने थिएन् । श्रम हाम्रो सस्तो छ त्यो बेच्नुपर्छ स्विकार्य हुनेछैन् । जननी जन्मभूमि स्वर्ग सरह हुन् भन्ने कुरालाई नर्क मानी त्याग्ने थिएनन् । जब जन्मभूमि नर्क मानी सुबिधा र सुखसँग साट्ने सौख जाग्छ तब जीवन सासविना लास हुनेछ । अब त्यस्तो लास बेचिंदा नि ठिक अरु अन्य हुँदा ठिक सोच्दै सर्वप्रथम क्षतिपूर्ति उफ्रिन्छ । जीवनको मोल तोकिन्छ मानौं त्यो कुनै पसलमा बेचिएको मासु सरह अरु अन्य अर्थको रहन्न । अत: जन्मले पाएको जीवन माया सर्वप्रथम गरौं । र एउटा मायामा स्वार्थ सुबिधा हुन्न । सुखको लागि जैबिक संघर्ष हुन्छ । जैबिकको अर्थ जीवनसँग जोडिएको जीवनलाई जीवन बनाउने महत्वका तत्वहरु हुन् जसमा शुद्ध हावापानी लगायत तार्किक अग्नि अनि आकाशसँगै अन्य महत्वपूर्ण खनिज हुन् जस्को उपयोग र रक्षार्थ जीवन जन्म हो मान्नुपर्छ । जननी छोड्नु भनेकै सासको यात्राले साथ छोड्नु हो । सास, सुख हो । सासको पीडा दु:ख अनि चिन्ता हो । माटो रुझ्न नसक्नु दु:ख हो । पानी सफा नहुनु कष्ट हो । र जीवन जननीको गुलाम हुनु सुख हो ।

अन्तमा, दु:ख वा कुनै मृत्यु जीवन समक्ष आउँछ भने त्यो स्वार्थले आउँछ हामीले बुझ्नुपर्छ भने जीवनलाई बुझ्ने हो भने म मर्नुपर्छ मृत्यु मेरो लिबास हो बुझ्नुपर्छ जस्ले भोक कम लाग्छ भने स्वार्थले सुबिधाको बाटो हिड्न छोड्छ । कल्पनाको संसारमा सपना बुन्न छोड्छ । देखावटी दुनियाँ धरातलीय भिन्नता बुझ्छ । जबसम्म सन्तुष्ट हुन सकिँदैन तबसम्म मृत्यु गोलिको रुपमा आउँछ । संघर्ष आन्दोलनमा जीवन बुनेर मृत्यु आउँछ । स्वार्थ सुखको बाकसभित्र सजिएर आउँछ । हिजो माओवादी जनयुद्धले मारिएको भनिएको संख्या भन्दा ज्यादा आज बाकसमा भरिएर लास आएका छन् । कति त आउनै नसकेर उतै कतै जलेका छन् सडेका छन् । जीवन हाम्रो यसरी नै बिलाउँदै गएका छन् जसको फाइदा शासक सत्ताले लिएका छन् । हाम्रो कमजोरी राजनीति गरेर रमेका छन् । कारण हामीलाई बेच्ने अनुमति हामीले दिई राखेका छौं । हाम्रो कमजोरीलाई अरुको हतियार हुन दिएका छौं । यो हामीले रोक्नुपर्छ । स्वभिलम्बी बन्ने सोच जिवित पार्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here