मोहन वैद्य अस्पतालमा भर्ना

32

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको जनाइएको छ।

सो पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको जनाएका छन्।

वैद्य तीन दिनअघि अस्पताल भर्ना भएका हुन्। उनी अझै दुई दिन अस्पतालमै रहने सिंहले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here