काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

64

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बुधबार एक जना थुनुवा फरार भएका छन्।

म्याद थपका लागि लगिएका विमल खड्का नाम गरेका थुनुवा फरार भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएको पाइएको छ। उनी कुन कसुरमा पक्राउ परेका थुनुवा हुन् भन्नेबारे प्रहरीले केही बताएको छैन।

प्रहरीले उक्त घटनालाई गुपचुमा राखेर खोजी कार्य सुरु गरेको छ। फरार थुनुवाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिए पनि अहिलेसम्म भेटिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here