बरहथवा घटनामा प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमति

40

काठमाडौं । सर्लाहीको बरहथवा घटना विषयमा प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमति भएको छ। अस्पतालको स्तरोन्नतिको माग गर्दै भएको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको थियो।

त्यसपछि मृतकका आफन्तको आन्दोलनका कारण दुई दिनदेखि बरहथवा अशान्त थियो। आइतबार प्रशासन र पीडित पक्षबीच भएको वार्ताका क्रममा ११ बुँदे सहमति भएको हो।

प्रशासनसँगको छलफलका क्रममा छानबिन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने, मृतकका परिवारका एक जना सदस्यलाई रोजगारी दिनेसहितको ११ बुँदे सहमति भएको हो।

सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ। गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको हो।

बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो।

यस्ता छन् सहमतिहरु

411196263_340656398899334_7985332024552113096_n-1704638827.jpg

410803479_299841192546724_6108527157053311959_n-1704638827.jpg

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here