सम्बन्धित ऐन बनाउनका लागि पहल गर्नका अभियान संचालन गर्ने

24

काठमाडाैं । संघ र स्थानीय सरकारलाई पनि भाषा ऐन बनाउन अभियान संचालन गर्ने बागमती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजिको भाषा बनाउन ऐन बनाएपछि अव संघ सरकार र स्थानीय सरकालाई पनि भाषा सम्बन्धित ऐन बनाउनका लागि पहल गर्नका अभियान संचालन गर्ने भएको छ ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनामा पौष २३ गते सोमवार भाषा आयोगको कार्यालय शंखमुलमा भएको एक कार्यक्रममा सो कुरामा छलफल भएको थियो । नेवाः देय् दबू काठमाण्डौ जिल्ला, ललितपुर जिल्ला र भक्तपुर जिल्ला समितिका नेतृत्व साथै उपत्यकाका सबै पालिकाका नेतृत्वहरुवीचको छलफलको क्रममा संघ सरकारलाई पनि भाषा ऐन बनाउनका लागि आवश्यक पहल गर्न आफुहरु तयार रहेको र यस बारेमा छफल भइरहेको भाषा आयोगका सदस्य अमृत योञ्जनले बताउनु भएको थियो ।

कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले संघमा भाषा ऐन बनाउनका लागि पहल गर्ने तयारी गरेकोमा भाषा आयोगलाई धन्यवाद दिदै अव नेवाः देय् दबूको स्वनिगः विशेष प्रदेश, जिल्ला समिति र पालिका समितिले संयुक्त रुपमा पालिका पालिकामा पनि भाषा सम्वन्धि ऐन बनाउनका लागि आवश्यक पहल गर्ने बताउनु भयो । कार्यक्रममा भाषा आयोगका सदस्य योञ्जनले बागमती प्रदेशले भाषा सम्वन्धि कानुन निर्माण गरेको र उक्त कानुनमा भएका कुराहरु बताउनु भयो ।

त्यसै गरी उहाँले पालिका पालिका साथै संघ सरकारले पनि भाषा ऐन बनाउनु पर्ने बताउदै त्यसका लागि आयोग सहयोग गर्न तयार रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here