सुनचाँदीको मूल्य बढ्याे

37

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १४ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here