मेरो अवधारणा : प्रशान्त महासागर

32

 

बोल्न पाईयो

सुन्ने निकाय, खारेज गरिईयो ।

 

सुन्नेको कानमा

तातो तातो लोभको तेल खन्याईयो

आँखालाई कैद गरेर

सत्य कुरा, थाल थालमा पस्किईयो ।

 

खाने मात्र भए

स्वादसँग रम्ने मात्र रहे

स्वास्थ्य बन्दकी राखेर

निरोग्यको प्रवचन सुनाईयो

बैरो के सुने, अन्धोले के देखे ?

परिवेश यस्तैमा

युगले डाँडो उक्ले

लुटेको सम्पत्तिले श्राद्ध आफ्नै गर्न हिडे…. भन्ने नहोस् । हाम्रो संस्कार हाम्रो परिवेशमा नेपाल छ । पहिचान नेपालको नेवा: सभ्यतामा छ । नेवा: सभ्यता या भनौ सम्पुर्ण मानव समाज पानी संस्कार छ । पानी सभ्यतामा हुर्केको छ । त्यसको एक परिचय : पोखरी, पानी अभावको कारण जीवन कष्टकर नहोस् भन्ने हेतु पानी संकलन गर्न खनिएको खाल्डोलाई पोखरी मान्न सकिन्छ ।

नेवा: सभ्यतामा त्यस्ता खाल्डो प्राय: देश भनी चिनिने बस्तीमा तीन प्रकारका हुन्छ्न् ।

१. भिं पुखू : पिउनको लागि संकलन गरिने पानीयुक्त पोखरी ।

२. मभिं पुखू : सरसफाइको लागि संकलन गरिने पानीयुक्त पोखरी ।

३. लाभा पुखू : कृषिजन्य कार्यको लागि संकलन गरिने पानीयुक्त पोखरी ।

पोखरी आवश्यकता : सभ्य समाजको प्रतिनिधित्व पोखरीले गरेको हुन्छ । नेवा: सभ्यता सभ्य समाजको शिखर परिभाषा हो । पानीमै आदिम काल छ । सुरुवात र अन्त्य पनि त्यही नै हुन् । पानीविना जीवनको परिकल्पना गर्न सक्दैन् । त्यसैले भावनात्मक स्वार्थयुक्त पानीलाई म प्रेम भन्ने गर्छु । प्रेम र पानी एउटै हुन् । शुद्ध र स्वस्थ बनाउने मानव धर्म हो । त्यसको प्रतिनिधित्व आदिवासी जनजातीले गर्नसक्छ, गर्नुपर्छ मेरो विचार हो ।

आदिवासी जनजाती : माटो र संस्कारसँग जिवन्त सरोकार राख्ने सम्पदा र पहिचानयुक्त प्राणी हुन् । नेवा: त्यसको विशिष्ट सभ्यता हुन् ।

नेवा: हुन जन्म नेवा: कुलमा लिनुपर्छ । जन्मदेखि मृत्युसम्मको समुचित नेवारी परम्परामा आवद्ध हुनुपर्छ । सामाजिक धरोहरको जिम्मा र रक्षाको बोध हुनुपर्छ । जात्रा पर्वको मौलिकता र देवालयको मान्यतालाई कायम गर्नुपर्छ । धर्ममा हुने धर्मले जन्माउने अन्यौल अन्त्य सोच्नुपर्छ । मुख्यतया नेवा: सभ्यतामा देवताको वासस्थान वा तिनीहरूको स्थापित स्थान आफ्नो स्वास्थ्यको दृष्टिकोणले राखिएको हुन्छ जुन बिहान हिडडुल गर्न नै हो भन्ने मान्यता विशेषगरी हुन्छन् । मेरो बुझाइमा नेवा: एक संस्कार हो अरुलाई गर्ने सत्कार हो । भाषा जोड हो । अभिव्यक्त दिने माध्यम हो । लिपि प्रतिनिधित्व गर्ने गराउने राष्ट्रिय पहिचान हुन् । अत: भाषा बोल्न सिक्दैमा नेवार बनिन्छ भन्नु मेरो बुझाइमा गलत हो । उदाहरणको लागि हिजो एउटा लोटा लिएर आउने माडवाडीले नेवारले भन्दा शुद्ध र बुझ्ने नेवारी बोल्छन् भने हामी परिवेश परिस्थिति अनुरुप आफ्नो टोनमा देखिने भिन्नताले बुझाउन अरुको भाषा प्रयोग गर्छन् । संस्कार धान्न अरुसँग मागेर जोगाउने रम्ने गर्छन् जुन नेवा: सभ्यताविरुद्धको योजना हो । मेरो बुझाइमा त्यो त्याग्नुपर्छ । राज्यले हिजो दिइएका कुतयुक्त बालीनाली किन मास्यौं र पुन: त्यसको जगेर्ना कसरी कुन दिशाले गर्न सकिन्छ सोचेरै संस्कार परम्परा जिवित बनाई नेवा: सभ्यता नेपालको राष्ट्रिय सभ्यता हो भन्न सक्नुपर्छ ।

आदिवासी जनजाती माटोमै रमेका प्राणी हुन् म सोच्दछु जस्को रगतमै सम्पदा र संस्कार हुन्छन् भन्ने पनि मान्दछु । उनीहरुको राज्यमा विभेद पनि हुन्न । आफ्नै पहिचान र मौलिकतामा सदा तत्पर हुन्छ भने पुरातात्त्विक महत्वका विषयमा संघर्षरत हुन्छन् पनि । शब्दले अर्कै अर्थको प्रतिनिधित्व नगराउने हो भने उनीहरूको सोचमा अरुले आफ्नै जीवन भनी कुनै प्रस्तुति दिन सक्दैनन् । देश बन्न आवश्यक सबै कुरा नेवा: सभ्यतामा प्रयाप्त नै हुन्छन् जुन स्वार्थवश त्यागिएको पाईन्छन् भने अप्ठ्यारो ठानी छोडिएका छन् । बाटो छोटो रोज्ने परम्पराले संस्कार मास्ने काम नेवा: सभ्यतामा देख्न थालिएका छन् जस्को निदान खोज्नुपर्छ । जस्तै कि पोखरी पुर्ने काम नेवा: सभ्यताभित्र व्यापक भएका इतिहास छन् भने स्थानीय स्वार्थमा लुटिएका यथार्थता पनि अनेक छन् । त्यस्ता कार्य नेवा: सभ्यताले रोक्नुपर्छ । यहाँ रोक्नु भनिएको बाधा अड्चन होईन् । समुचित निकास पुरातात्त्विक महत्वको जगेर्नाको जिम्मा आदिवासी जनजातीले लिनुपर्छ ।

पोखरी सम्बन्धी मेरो अवधारणा :

१. पुर्खाको धरोहर हो । सन्ततीले सुख भोग्न पाउनुपर्छ त्यसको विचार हो ।

२. पर्यावरण शुद्धको लागि हो ।

३.  कुवा इनारलाई शुद्ध स्वच्छ पानी दिने पुर्वज हुन् जस्को हत्या हुनुहुन्न ।

४. पुन: निर्माण गर्दा सिमेन्टको ठाउँमा सुर्खी वा माटो प्रयोग पोखरीमा हुनुपर्छ ।

५. पुरातात्त्विक महत्व सोच्नुपर्छ । सौन्दर्य करणी भन्दै मन लागी अस्तित्व तोडमोड गर्न डण्डिको प्रयोग अत्याधिक गर्नुहुन्न ।

६. सामाजिक वा राजनैतिक परिपाटीले जगेर्नाको जिम्मा लिनुपर्छ ।

७. पोखरीको महत्व बुझाउन आदिवासी जनजाती लाग्नुपर्छ । जाग्नुपर्छ ।

८. पोखरी बन्नैपर्छ तर मागेर बनाउनुहुन्न ।

९. नक्सा डिजाइन स्थानीय सरकारको तर पास पुरातत्वले गरेको हुनुपर्छ किनभने इन्जिनियरको जन्म पुरातत्वविदबाट हुन्छन् मेरो मान्यता यो रहेको छ ।

१०. कसैले बनाइ दिएको महल भन्दा आफ्नै झुपडीमा नेवा: सभ्यता आफ्नो स्वाभिमान मान्दछ ।

मभिं पोखरी सम्बन्धी मेरो अवधारणा :

१. ऐतिहासिक पोखरी हो ।

२. चोख्याउने पोखरी हो ।

३. पुरातात्त्विक महत्व बोकेको कीर्तिपुरको पहिचान मध्येको एक महत्वपूर्ण पोखरी हो ।

४. स्वरुप मन लागी बनाउनु भएन् ।

५. पुन: निर्माण भनिए पछि त्यसमा अन्यथा अर्थ हुनु भएन् ।

६. डण्डी र सिमेन्टको प्रचुर मात्रामा प्रयोग गरेर पुरातात्त्विक महत्वको धरोहर निर्माण गर्नुहुन्न ।

७. कीर्तिपुर ऐतिहासिक महत्वको जिम्मेवारीबोध सम्पूर्ण कीर्तिपुरबासीले गर्नुपर्छ ।

अन्तमा, कीर्तिपुर ७७ जिल्लाका लागि मानिसहरुका सम्मान र सत्कारयुक्त स्थान हो । यहाँको धरोहर विश्वको अध्ययनको लागि एक विषययुक्त पाठशाला हुन् । विश्वले अध्ययन गर्न मौका जुटाउन सक्नुपर्छ । सल्लाह र सुझावमा यहाँका पुरातात्त्विक महत्वका विषयहरु संरक्षण र त्यसको प्रवर्द्धन गर्नुपर्छ । त्यसको लागि सम्पुर्ण कीर्तिपुरबासीहरुको एउटै स्वर हुनुपर्छ । सिद्धान्त भन्दा माथि सामाजिक मर्यादा र दायित्व साथै आफ्नो पहिचान र त्यसको स्वामित्वबोध हुनुपर्छ । अहम त्यागेर सामाजिक मर्यादामा रम्नलाई मनुष्यको प्रवृति मान्न सक्नुपर्छ । विश्वलाई ज्ञान धर्म दिने सभ्यता नेवा: सभ्यता हुन् । कीर्तिपुर साँस्कृतिक सम्पदा संरक्षण एवम् प्रवर्द्धन क्षेत्र हो यसको रक्षार्थ स्थानीय सरकार सक्रिय हुनुपर्छ । यो कीर्तिपुरको सन्दर्भमा मात्र होईन्….सबै राजनैतिक परिपाटी लगायत सामाजिक साँस्कृतिक संघसंस्था तथा गुठी दाफा खल: पुच: क्लब आदिले पुरातात्त्विक विषयमा जिम्मेवारी बहन गर्नुपर्छ । र एउटा गहन कुरा आजभोलि हाम्रो जीवन  पुर्णतया कौसिमा राखिएको पानी ट्याङ्कीमा निर्भर छ चाहे त्यो नुहाउने होस् या खानेपानीको रुपमा ग्रहन गर्ने होस् या गंगाजलको रुपमा प्रयोग गर्ने यावत घटना होस् ती सबै त्यही ट्याङ्कीकै पानीमा आश्रय लिन्छौं जुन पितापुर्खाले गर्व गर्न लायक हुनेगरी कीर्तिपुरमा गंगाजलको लागि ग्वा: पुखू बनाएको थियो भने बस्ती फैलिने क्रममा त्यसलाई सहजताको नाम दिई त्यागिईयो भने नुहाउन वा चोख्याउन स्वमिङ्गपुलकै रुपमा मभिं पुखू अनि पिउन भिं पुखू निर्माण गरिएको थियो भने देश सुरक्षामा ती पोखरीहरुले आफ्नो धर्म छोडिएको थिएनन् भने हामी मनुष्य भईकन पनि आफ्नो मूल्य र मान्यता बिर्सी बाँच्नमा रमेका छौं । दु:ख हो सुख मानी थुक्न रमेका छौं भन्दा नि खासै फरक नहोला । अत: विचार होस् । दिनुपर्ने ठाउँमा लिने वा स्वार्थले लुट्ने कुरा नहोस् । पुरातात्त्विक महत्वको सम्बन्धमा आँखा हाम्रो भए ती संरचना हाम्रा आँसु हुन् । हाम्रो मुटुको धड्कन हुन् । नाता सास र मृत्युको जस्तै हुन् जस्को रुक्छ अर्को मर्छ । हाम्रा पुर्खाले बुझाएको हाम्रा पुरातत्त्वको अर्थ यहि हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here