काठमाडौं / त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बिरामीको स्वास्थ्योपचारमा समस्या हुनेगरी अस्पताल परिसरमा कुनै पनि धर्ना, विरोध प्रदर्शनका कार्यक्रम नराख्न नेपाल चिकित्सक संघलाई अपिल गरेको छ ।
अनशनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले सोमबारदेखि अस्पताल परिसरमा रिले अनशन थालेपछि अस्पतालले विज्ञप्ति निकालेको हो ।

















