लुम्बिनीमा १२ सय ५० जनालाई कुलपुत्र प्रब्रज्या दीक्षा दिइने

50

काठमाडौं । बुद्धको जन्मभूमि लुम्बिनीमा १२ सय ५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ।

अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्वीहरुले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान दिनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो।

बुद्धको वास्तविक चेला वा भिक्षु बनाउने सो कार्य फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म हुने भएकाले यसमा सबैलाई साथ दिन पनि अखिल नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले आह्वान गरे।

उनले भने, ‘यो फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म यो कार्यक्रम सञ्चालन हुँदैछ। यसमा बुद्ध बाज बर्न इन नेपाल भनेर कराएर मात्रै भएन। हामी नेपालीहरुको एउटा सुवर्ण अवसर वा मौका भनेको के छ भने बुद्धको चेला वा भिक्षु नभइकन बुद्ध पुत्रको रुपमा कहलिँदैन। त्यसका लागि पनि यो एउटा सुवर्ण अवसर हो। र हाम्रा श्रद्धेय भिक्षुहरुले यसका लागि पहल गर्दै हुनुहुन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here