सुनको मूल्य बढ्याे

46

काठमाडौं  । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो। आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने घटेको बढेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here