सिन्युमा आगलागी हुँदा ३९ जनाको मृत्यु नौ जना घाइते

32

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार दिउँसो करिब ३ बजे भवनबाट आगलागी भएको थियो । आगो राति ९ बजे मात्रै निभाइ सकिएको थियाे । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।

छ तले व्यावसायिक र आवासीय इँटा–कङ्क्रिट संरचनाको तहखानेबाट आगलागी शुरु भएको हो । बेसमेन्ट भित्र रहेको शीत भण्डारको मर्मतका लागि कामदारले गैर कानुनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाको अनुसन्धानका क्रममा सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् ।

सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here