नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

35

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। गत साता निरन्तर घटेको शेयर बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार सुधार देखिएको हो। आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ को बिन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार ३०६ कम्पनीको एक करोड सात लाख ५१ हजार १६४ कित्ता शेयर एक लाख ७८२ पटक किनबेच हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार बैंकिङ समूह ०.०९, होटल तथा पर्यटन समूह १.८६, उत्पादन तथा प्रशोधन समूह ०.४९ र म्युचुअल फन्ट ०.०४ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह १.३३ र अन्य समूह १.३२ प्रतिशतले बढेको छ। मिड सोलु हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ता रहेका छन्। यो कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेड शेयर खरिद बिक्री भएको छ।

यो कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार ८८७ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ६ लाख ९० हजार १२२ कित्ता शेयर किनबेच भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here