बृहत सांस्कृतिक महोत्सव जारी

31

धरान  ।२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक महोत्सव जारी गरेको हो ।

महोत्सव धरान पब्लिक स्कुलको खेल मैदानमा माघ २७ गतेदेखि फागुन ५ गतेसम्म चल्ने नेपाल घेदुङ धरान उपमहानगर कार्यसमितिको सचिव ललित बहादुर जिम्बाले बताउनुभयो । तामाङ जातीको नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारका कार्यक्रमहरु यस अघिका वर्षमा वडा–वडामा गरिएता पनि यस वर्ष बृहत सांस्कृतिक पर्यटन महोत्सवको रुपमा मनाएको नेपाल घेदुङ उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले आजको आवश्यकता भनेको राज्यले सबैले जातजातीको धर्म संस्कार संस्कृति जोगाउनुपर्ने बताउनुभयो । संस्कार, संस्कृति बन्न हजारौं लाखौं वर्ष लाग्छ त्यसैले त्यो संस्कृतिलाई जोगाउनु हाम्रो परम धर्म र कर्तव्य पनि रहेको उहाँले बताउनुभयो ।

जाती राष्ट्र हो र सोनाम ल्होसार राष्ट्रीय पर्व हो, यो सबै जातजातीले मनाउनुपर्छ, सबैले सबै जातीको धर्मको सम्मान गर्नुपर्ने नगर प्रमुख राईले बताउनुभयो । संस्कार, संस्कृति पहिचानको नाममा विभिन्न खाले संघर्ष लडाँई परेको छ जसमा धेरै सहिद भएका छन् । सहिदहरुले हाम्रो संस्कार संस्कृतिको पहिचानको लागी आहुती दिएको छ । आजको समयमा पाश्चात्य संस्कृतिलाई आधुनिकता भनिरहेको छौं तर वास्तवमा हाम्रो संस्कार संस्कृतिलाई बचाउन नसक्नुको उपज रहेको नगर प्रमुख राईले बताउनुभयो ।

शनिबार तामाङ घेदुङ नगर समितिले आफ्नो संस्कार संस्कृति सहित पब्लिक स्कुलबाट र्याली निकाली छाता चोक, सिँहदेवि चोक, पुरानो बजार, देशी लाईन भानु चोक हुँदै पुनः पब्लिक स्कुलको खेल मैदानमा धरानका विभिन्न गुम्बाहरुबाट आफ्नो संस्कार संस्कृतिको र्याली गरेको थियो ।

महोत्सवमा सांस्कृतिक सोनाम ल्होछार पिङ, ड्रागन, मिकी माउस, खेल तमासा साथै स्टलहरूमा विभिन्न जातिय परिकारहरु सहित ७० वटा स्टलहरु रहेको तामाङ नगर समितिका सदस्य तथा महोत्सव व्यवस्थापनका संयोजक दिपक घिसिङले बताउनुभयो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बिक्रम बेघा, ईलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी निरिक्षक भिमराज राई, धरानका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here