ललितपुर / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागबीच भेटवार्ता भएको छ ।
दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको जनाएका थिए । उनले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको स्पष्ट जानकारी गराएका थिए ।
त्यसक्रममा बेलायतकी मन्त्री सागले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको जनाएकी छिन् ।


















