छायाँ कम्प्लेक्सप्रति कुनै विरोध नभएको भनी दिएको अभिव्यक्ति झुठो : नेवाः देय् दबू

22

काठमाडौं  । नेवार  समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूले विवादास्पद छायाँदेवी कम्प्लेक्सको भवन बनेको स्थान ऐतिहासिक कमलपोखरी हो भन्ने सवाल आफु स्पष्ट रहेको जनाएको छ ।

माघ २८ गते आइतबार एक विज्ञप्ती जारी गर्दै देय् दबूले उक्त स्थान नेवाः संस्कृतिसँग जोडिएको कमलपोखरी नै भएको र पोखरी संरक्षण हुनुपर्ने पक्षमा आवाज पनि उठाउँदै आएको जनाएको हो ।

छायाँदेवी कम्प्लेक्स प्रा.लि., छायाँदेवीका मार्केटिङ डाइरेक्टर सुमन विक्रम पाण्डेले संचार माध्यममा देय् दबूको छायाँदेवी कम्प्लेक्सप्रति कुनै विरोध नभएको भनी दिएको अभिव्यक्तिको सम्वन्धमा दबूले विज्ञप्ती जारी गरेको हो ।

पाण्डेले देय् दबूमा आफुले दुई घण्टा व्रिफिङ गरेको र दबूको छायाँ कम्प्लेक्सप्रति कुनै विरोध नभएको भनी दिएको अभिव्यक्ति झुठो रहेको दबूले विज्ञप्तीमार्फत जनाएको छ ।

‘नेवाः देय् दबूसँग कुनै कुरा नै नगरिकन जुन किसिमले २०८० भदौ ५ गते पाण्डेले सुत्र टिभिमा नेवाः देय् दबूको बारेमा उल्लेख गर्नुभयो, उक्त कुराप्रति हाम्रो पुरै असहमति रहेको जानकारी दिन चाहन्छौं’ अध्यक्ष पवित्र बज्राचार्यकाे हस्ताक्षर रहेकाे विज्ञप्तीमा लेखिएको छ ।

सोही विज्ञप्तीमार्फत पाण्डेको सार्वजनिक रुपमा नेवाः देय् दबूको सवालमा दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै अब उप्रान्त दबूको नाम लिएर गम्भीर विषयमा नबोल्न सचेत समेत गराएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here