काठमाडौं । सर्लाही, ब्रहम्पुरी गाउँपालिका-२ स्थित सडकमा बीआर ३० एम ४५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक कबिलासी नगरपालिका- ९ बस्ने ४० वर्षीय बिरेन्द्र रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जाजरकोट, बारेकोट गाउँपालिका-२ स्थित सडकमा भे.१ क ९७६ नम्बरको टिपर सडकबाट करिब ९० मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा चालक बर्दिया बारबर्दिया नगरपालिका-७ रम्बापुर बस्ने ३२ वर्षीय सञ्जु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रस्तावित आधारभूत स्वास्थ्य चौकी लिम्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ, कटहरी गाउँपालिका-४ नयाँ बजारमा प्रदेश १-०२-००१ ख ९८४८ नम्बरको बसबाट ओर्लिने क्रममा सोही बसले ठक्कर दिँदा बसमा सवार सोही गाउँपालिका-४ बस्ने २५ वर्षीय अमित टुडुको मंगलबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















