विहादी । पर्वतको बिहादी गाउँपालिकामा दादुरा रुबेला खोप अभियान २०८० पालिका स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
बिहादी गाउपालिका अध्यक्ष परविन गुरुङको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउपालिका अध्यक्ष परविन गुरुङले गाउपालिकामा हुने स्वास्थ्य को कार्यक्रमलाइ सफल बनाउन कुनै कसुर बाकि नराख्ने बताउनुभयो सोहि कार्यक्रम मा बोल्दै उपाध्यक्ष मिना तिवारीले दादुरा रुबेला अभियानमा हामी जनप्रतिनिधिहरु पनि सक्रियताका साथ् लागि पर्ने जनाउनुभयो ।
सोहि कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद भुसालले स्वास्थ्यका कार्यक्रमहरु सम्बेदन सिल भएकाले यस अभियानलाइ सफल बनाउन जनप्रतिनिधि, पत्रकार सरोकार वाला सम्पूर्णलाइ सहयोगका लागि अपिल गर्नुभयो उक्त कार्यक्रम संचालन तथा व्यवस्थापन बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र नाथ पौडेलले गर्नु भयो ।


















