गोरखामा मृत अवस्थामा चितुवा भेटिए

28

सुलीकोट । गोरखामा शुक्रबार मृत अवस्थामा चितुवा भेटिएको छ। बारपाक सुलीकोट गाउँपालिका–५ को ज्वालामुखी सामुदायिक वनको खोलामा मृत चितुवा फेला परेको पालुङटार सब डिभिजन कार्यालयका प्रमुख अर्जुन अच्छामीले जानकारी दिनुभयो।

स्थनीयबासी र प्रहरीले डिभिजन वन कार्यालय गोरखामा जानकारी गराएपछि सब डिभिजन कार्यालय पालुङटारको टोली घट्नास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेर मुचुल्का उठाएर बारपाक सब डिभिजन कार्यालयको परिसरमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो।

मृत चितुवाको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८२ ईन्चको रहेको पालुङटार सब डिभिजन कार्यालय ठाँटीपोखरीका प्रमुख अच्छामीले बताउनुभयो। मृतावस्थामा  फेला परेको चितुवा बयस्क अवस्थाको रहेको र सडेगलेको अवस्थामा भेटिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here