एन्फाअनुशासन समितिको निर्णयविरुद्ध थ्री स्टार क्लब

9

काठमाडौं । आफूमाथि कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन समितिको निर्णयविरुद्ध थ्री स्टार क्लबले पुनरावेदन समितिमा अपिल गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध भिसा अवधि सकिएका दुई विदेशी खेलाडी खेलाएको भन्दै अनुशासन समितिले थ्री स्टारलाई करबाही गरेको थियो ।

२८ जेठ मा भएको त्यो खेलमा थ्रीस्टारले जावलाखेललाई १–० ले हराएको थियो । त्यही जितका कारण थ्री स्टार ए डिभिजन लिगमा कायमै रह्यो भने एपीएफ रेलिगेसनमा पर्‍यो ।

एपीएफ क्लबले भिसा अवधि सकिएका दुई विदेशी खेलाडी खेलाएको भन्दै उजुरी दियो । एन्फाको अनुशासन समितिले १५ पुसमा थ्री स्टारका नाइजेरियन खेलाडीद्वय मार्टिन कायोडे अजायी र पिटर सेगुनलाई जनही ५० हजार तथा थ्री स्टारलाई तीन लाख रुपैयाँ जरिवाना गर्‍यो ।

थी स्टारले एन्फा पुनरावेदन समितिमा निवेदन दिँदै अनुशासन समितिको निर्णय त्रुटिपूर्ण भएको दाबी गरेको छ । खेलाडी दर्तादेखि स्वीकृत गर्ने कर्मचारीदेखि म्याच कमिस्नर समेतले स्वीकृत गरेपछि मैदानमा गएको क्लबले जनाएको छ ।

लिग सम्पन्न हुनुपर्ने समयमा नभएका कारण भिसा प्रक्रिया पूरा हुन नसकेको भन्दै निवेदनमा भनिएको छ । ‘भिसा प्रक्रिया चलाएकामा प्रकृयागत ढिलाइ भएको हुँदा खेलाडी तथा क्लबलाई जरिवाना गराउने गरी भएको अनुशासन समितिको निर्णय फुटबल खेलको भावना र मर्म विपरीत भएको निर्णय त्रुटिपूर्ण छ ।’

साथै यसबारे जाउलाखेल बाहेक अरु क्लबलाई उजुरी गर्ने अधिकार नभएको थ्रीस्टारको दाबी छ । अनुशासन समितिले थ्री स्टारलाई जरिवाना मात्र गरेकोमा एपीएफले यसअघि नै असन्तुष्टी जनाएको थियो । नियम विपरीत खेलाडी सहभागी गराउने टिमलाई पराजित मान्नु पर्ने एपीएफको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here