माकेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

13

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने भएकाे छ। बुधबार बसेकाे स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो।

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकाेटाले पार्टीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकाे बताए।

राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसले पनि दावी गरेकाे छ।

साथै आजकाे बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ। जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ । मधेस प्रदेशको इन्चार्ज सचिव लीलामणि पोखरेल र सहइन्चार्जको जिम्मवारी स्थायी कमिटी सदस्य विश्वनाथ शाहले पाएका छन्।

त्यस्तै, बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ। बागमतीमा सहइन्चार्ज तोकिएको छैन । प्रवक्ता सापकोटाकाअनुसार गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सह इन्चार्ज हरिराज अधिकारीलाई दिइएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सहइन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन्। कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल बनेका छन् भने सहइन्चार्ज तोक्न बाँकी राखिएको छ। त्यसैगरी, सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्ज केन्द्रीय सदस्य बिना मगरलाई बनाइएको छ।

प्रवक्ता सापकोटाले प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टिबी पाठक तथा प्रवाश प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको जानकारी दिए।

बैठकले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदीलाई बनाएको पनि उ‍नले जानकारी दिए। माओवादी केन्द्रले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ।

त्यस्तै, स्थानीयदेखि संघीय जनप्रतिनिधिहरु भने आफ्नो निर्वाचित जिम्मेवारीमा नै रहने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

स्थायी कमिटी बैठकले मिटरब्याजी पीडित लघुवित्त पीडित र दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here