काठमाडौं। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा दलका नेता खटराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने कामलाई गलत भएको ठहर गरेको छ ।
पार्टीको १०, १३, १५ र १६ फागुनमा बसेको स्थायी कमिटी बैठकले दल नेता परिवर्तनको निर्णय पार्टीको पद्दतिगत दृष्टिले गल्ति भएको ठहर गर्दै उक्त निर्णयमा सहभागीहरूको आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ति नदोहोर्याउनका लागि सचत गराउने निर्णय गरेको हो ।
माओवादीले सुदूरपश्चिम प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएर भट्टलाई पार्टीको इन्चार्जबाट समेत हटाउने निर्णय गरे पनि सर्कुलरमा भने उक्त निर्णय गरेको हो ।


















