आज प्रधानमन्त्रीले तीन जना विना विभागीय मन्त्री बनाउँदै

62

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना विना विभागीय मन्त्री बनाउने भएका छन्।

शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष मन्त्री नियुक्तिबारे जानकारीसमेत दिइसकेका छन्। तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन्। लिखित जानकारी केही बेरपछि पठाइने बताइएको छ।

नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन्। टिआरसी विधेयक, अर्धमन्त्री र राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धन परिवर्तन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here