१२ वर्षीया बालिका बलात्कार गर्ने व्यक्ति पक्राउ

31

काठमाडौं । राम्रोसँग बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका–१० का ३५ वर्षीय टेके सार्की रम्तेल छन्। रम्तेलले ११ महिना अघि गत वैशाख ७ गते इश्वरपुर–१० कै फुलनोर खोलामा १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए। रम्तेलले बलात्कार गरेका ती बालिका गर्भवतीसमेत भएकी थिइन्।

बलात्कृत भएकी ति बालिकाले पुस १५ गते छोरालाई जन्मसमेत दिएकी थिइन्। छोरीलाई बलात्कार गरी गर्भवती बनाएर फरार भएको पाइएपछि उनका आमाले प्रहरीमा जाहेरी दिएका थिइन्।

पछि ति शिशुलको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको थियो। पक्राउ परेका रम्तेलविरुद्ध बलात्कारको कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सर्लाहीका एसपी दयानिधी ज्ञवालीले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here