अवधेश कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई पक्राउ

16

काठमाडौं । मिटरब्याज पीडिततर्फका वार्ता टोलीका संयोजक अवधेश कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई प्रहरीले पक्राउ गरेको छ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्षसमेत रहेका कुशवाहसहित करिब २५ जनाको टोलीलाई प्रहरीले बुधबार बालुवाटारबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई सो क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ गरी आफ्नो भ्यानमा हालेको हो ।

वार्ता समिति गठन भएर पटक पटक सरकारी टोलीसँग वार्ता भए पनि निष्कर्षमा नपुगेका कारण उनीहरू आज पनि आन्दोलनमा उत्रिएका हुन् । सत्ता समीकरण फेरिसँगै उनीहरूको वार्ता र माग सम्बोधन कार्य झनै प्रभावित बनेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here