साधु सन्तलाई दक्षिणासहित बिदाइ

29

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधु सन्तलाई  आइतबार दक्षिणासहित बिदाइ सुरु गरिएको छ ।

२७ फाल्गुन गते  बिहान ११ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जनाए । उनका अनुसार साधु सन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गर्न लागिएको हो ।

उनले बाबाहरूलाई स्तरअनुसार एक हजारदेखि नौ हजारसम्म दिन लागिएको जनाए ।

पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरूलाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दान भेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरूलाई दक्षिणा दिने प्रचलन छ ।

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here